दफा १५
आयोगको कार्यमा सहयोग पु¥याउनु पन को कार्यमा सहयोग पु¥याउनु पर्ने
(१) आयोगले दफा १४ बमोजिम माग गरेको लिखत, कागजात, दशी वा प्रमाण पेश गर्नु तथा आयोगमा उपस्थित भई जानकारी, बयान वा बकपत्र दिनु सम्बन्धित व्यक्ति, संस्था वा निकायको कर्तव्य हुनेछ ।
(२) आयोगले यस ऐन बमोजिम छानविनको सिलसिलामा कुनै ठाउ“को तलासी लिंदा वा कुनै व्यक्तिलाई आयोग समक्ष उपस्थित गराउन स्थानीय प्रशासनको सहयोग माग गरेमा आयोगलाई सहयोग गर्नु स्थानीय प्रशासनको कर्तव्य हुनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिमको कर्तव्य भएको व्यक्ति, संस्था वा निकायले आयोगको कार्यमा सहयोग नगरेमा आयोगले त्यस्तो व्यक्ति वा सो संस्था वा निकायको प्रमुखलाई पटकै पिच्छे पन्ध्र हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम कर्तव्य भएको व्यक्ति कुनै सरकारी निकाय वा सार्वजनिक संस्थाको पदाधिकारी वा कर्मचारी भएमा आयोगले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई विभागीय कारबाही गर्न वा प्रचलित कानून बमोजिम पदीय जिम्मेवारी पूरा
नगरेको आरोपमा कारबाही गर्न सम्बन्धित अख्तियारवाला समक्ष लेखी पठाउन सक्नेछ र त्यसरी लेखी आएमा सम्बन्धित अख्तियारवालाले विभागीय कारबाही गरी सोको जानकारी आयोगलाई गराउनु पर्नेछ ।
(५) कसैले आयोगको काम कारबाहीमा बाधा बिरोध गरेमा आयोगले त्यस्तो व्यक्तिलाई पटकै पिच्छे पन्ध्र हजार रुपैया“सम्म जरिवाना गर्न सक्नेछ ।